सुकुम्बासी समस्याबारे विपक्षी दल कांग्रेस, एमाले र नेकपाले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं । संघीय संसदमा रहेका तीन विपक्षी दलको आजको बैठकले जनजीविका र समसामयिक विषयबारे सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका संसदीय दलका मुख्य सचेतक बासना थापा, राष्ट्रियसभामा नेकपा एमालेका दलका नेता प्रेमप्रसाद दंगाल र प्रतिनिधिसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दलका प्रमुख सचेतक युवराज दुलालसहितको बैठकले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानलगायत विषयमा चासो व्यक्त गरेको हो ।

बैठकपछि ती नेताहरूद्वारा जारी वक्तत्वमा बढ्दो महँगी नियन्त्रण र सार्वजनिक सुपथ मूल्य सञ्चालनमा ल्याउन, किसानलाई रासायनिक मलको समयमै प्रबन्ध गर्न, कुखुरालगायत पक्षीहरुमा देखिएको बर्डफ्लु प्रभावित किसानलाई राहत दिन आग्रह गरिएको छ ।

यसैगरी, पेट्रोलियम पदार्थको सहज आपूर्ति र सहुलियत प्याकेज दिन, विद्यार्थी संगठन तथा कर्मचारी ट्रेड युनियन खारेज नगर्न र सरकारको आगामी नीति कार्यक्रम तथा बजेटको तयारीको छलफलमा विपक्षी दललाई सहभागी गराउन माग गरिएको छ ।

प्रतिक्रिया