राष्ट्रपति पौडेलले जारी गरे सरकारले पठाएको सहकारी अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पठाएको एउटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिले ‘सहकारी पहिलो संशोधन अध्यादेश २०८३’ लाई बिहीबार प्रमाणीकरण गरेका हुन् ।

सरकारले सहकारी सम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी दुईवटा अध्यादेश एकै पटक राष्ट्रपति कार्यालयमा पठाएको थियो । सरकारले राष्ट्रपति समक्ष ६ वटा विभिन्न अध्यादेश पठाएपनि हाल एउटा मात्र प्रमाणीकरण भएको हो । बाँकी विचाराधीन रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले संवैधानिक परिषद्, सहकारी ऐन संशोधन, विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान, केही नेपाल ऐन संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारी पदमुक्ति अध्यादेश र सार्वजनिक खरिद ऐन संशोधन अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । राष्ट्रपतिले आज संविधानविद्हरूसँग अध्यादेशबारे परामर्श गर्दै छन् ।

प्रतिक्रिया