
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता माननीय भीष्मराज आङदेम्बेले संसदीय दलका विभिन्न रिक्त पदहरूमा मनोनयन गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) मा व्यवस्था भए बमोजिम नेता आङदेम्बेले आज पदाधिकारीहरूको मनाेनयन गरेका हुन् ।
संसदीय दलद्वारा जारी प्रेस नोटका अनुसार विधानको धारा १२ (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेता पदमा कमला देवी पन्तलाई मनोनयन गरिएको छ । यसअघि राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता कृष्णप्रसाद सिटौला थिए ।
यसैगरी, प्रतिनिधि सभा उपनेतामा अभिषेक प्रताप शाह, मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनाेनयन गरेका छन् ।
प्रतिक्रिया