सरकारले गर्यो दुई अध्यादेश जारी गर्न राष्ट्रपति पौडेललाई सिफारिस

काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल सहकारी र संवैधानिक परिषद्सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्रिपरिषद्‌बाट दुई अध्यादेश सिफारिस भएको छ भने अध्ययन भइरहेको छ । अध्यादेशहरू आजै राष्ट्रपति कार्यालय शितल निवास पुर्‍याइएको हो ।

यसअघि वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सिफारिसअनुसार राष्ट्रपतिले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए ।

तर, सरकारले फेरि वैशाख १० गते अधिवेशन स्थगित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन स्थगित गरेका थिए ।

प्रतिक्रिया