
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।
पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो । पार्टी निकट जनवर्गीय संगठनलाई व्यवस्थित बनाउन आगामी जेठ मसान्तभित्र संघीय, प्रदेश, पालिका, वडा संगठनको समायोजन सम्पन्न गर्ने कार्यसूची छ ।
आगामी कात्तिक १५ भित्र सबै प्रदेशका अधिवेशन पूरा गर्ने बैठकले निर्णय गरेको छ । उक्त निर्णयलाई पार्टीको माथिल्लो बैठकले अनुमोदन गर्ने जनाइएको छ ।
प्रतिक्रिया