राष्ट्रपति पौडेलले गरे वैशाख १७ गते संघीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय संसद्को अधिवेशन आह्वान गरेका छन् ।

उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यहीँ वैशाख ८ गतेको बैठकको सिफारिसमा संघीय संसद् भवन, सिंहदरबारमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो । यहि अधिवेशनमा आगामी आर्थिक वर्षको बजेट पेश हुने छ । सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया