गृहमन्त्रालयको जिम्मेवारी तत्काललाई प्रधानमन्त्री वालेनकै काँधमा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले नै सम्हाल्ने भएका छन् । आज गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री शाहले उक्त जिम्मेवारी आफू मातहत नै राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

विवादित व्यापारी दीपक भट्टसँग साझेदार रहेको तथ्य बाहिरिएपछि गुरुङ पनि विवादमा तानिएका थिए । त्यसपछि उनले आफूमाथि पनि निष्पक्ष छानबिन होस् भन्दै पदबाट राजीनामा दिएका हुन् ।

अहिलेको सरकार बनेको २६ दिनमा गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका हुन् । उनको सम्पत्तिमाथि प्रश्न उठेपछि उनले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएका हुन् ।

केही दिनअघि उनले सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । त्यो सम्पत्ति विवरण नै अस्वाभाविक रहेको भन्दै प्रश्न उठिरहेको बेलामा उनले माइक्रो इन्स्योरेन्स लगायतमा लगरेको अर्को लागनीको विवरण पनि बाहिर आएको छ ।

उनले सञ्चालन गरेको सामाजिक संस्था हामी नेपालमा आएको सहयोग रकम पनि व्यक्तिगत खातामार्फत् कारोबार गर्ने गरेको लगायतका विषय बाहिरिएपछि गुरुङलाई पदबाट बाहिरिनका लागि सर्वत्र दबाब परेको थियो ।

प्रतिक्रिया