दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं । संघीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा राष्ट्रियसभातर्फबाट सदस्यहरुको मनोनयन गरिएको छ ।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली अनुसार उक्त समितिमा रहने सदस्यको मनोनयन गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार संसदीय सुनवाइ समितिमा आनन्दप्रसाद ढुंगाना, नरबहादुर विष्ट र प्रेमप्रसाद दंगाल रहेका छन् । यस्तै, अनुगमन तथा मूल्यांकन समितिमा किरणबाबु श्रेष्ठ, मदन कुमारी शाह (गरिमा) र डा अञ्जान शाक्य रहेका छन् ।

यी दुवै समितिमा प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सदस्यहरू मनोनयन हुने प्रावधान छ ।

प्रतिक्रिया