
काठमाडौं । संघीय संसद्को दुवै सदनको अधिवेशन भोलि शुक्रबारदेखि अन्त्य हुने भएको छ । चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार अधिवेशन अन्त्य शुक्रबार राति १२ बजेदेखि लागू हुने छ ।
‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२–१२–२४ को सिफारिसमा संवत् २०८२ साल चैत २७ गते शुक्रबार राती १२ः०० बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ’, राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया