
मुगु । देशभर मतगणना भई परिणाम आइरहँदा मुगुमा भने मतपेटिकाहरू अझै जिल्ला सदरमुकाम गमगढीसम्म आइपुगेका छैनन्। जिल्ला सदरमुकामबाट ३ दिनको पैदल दूरीमा रहेका मतदान केन्द्र डोल्फु र मुगु गाउँबाट मतपेटिकाहरू नआइपुग्दा मतगणना हुन नसकेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेम राज खनियाका अनुसार मुगु जिल्लाभर रहेका १ वटा अस्थायी मतदान केन्द्रसहित ७० वटा मतदान केन्द्रमध्ये मुगुम कार्मारोङ गाउँपालिका वडा नं. १ मा रहेको डोल्फु मतदान केन्द्र र वडा नं. २ मा रहेको मुगु मतदान केन्द्रका मतपेटिकाहरू जिल्ला सदरमुकाम नपुगेकाले मतगणना कार्य हुन नसकेको हो ।
सडक सञ्जालमा नजोडिएको र जिल्ला सदरमुकामबाट ३ दिन पैदल दूरीमा यी मतदान केन्द्र रहेकाले मतपेटिका सदरमुकामसम्म पुर्याउन समय लागेको हो । सूचना अधिकारी खनियाका अनुसार शनिबार दिउँसो १२ बजेसम्म दुई मतदान केन्द्रका मतपेटिका मतगणना स्थलमा पुगिसक्ने र सम्भवतः १ बजेबाट मतगणना सुरु हुनेछ । २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुगु जिल्लामा रहेका ३६ हजार ३१ मतदातामध्ये २२ हजार ११५ जनाले मतदान गरेका छन् ।

मुगु
प्रतिक्रिया