
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सोमबारको तुलनामा सुन तोलामा २ हजार ५०० र चाँदी प्रतितोला २०५ रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला ३ लाख २८ हजार ६०० कायम भएको छ, भने एक तोला चाँदीको मूल्य ५ हजार ८१५ निर्धारण भएको छ ।
सोमबार एक तोला सुन ३ लाख २६ हजार १०० र त्यति नै परिमाणको सेतो धातु रु ६ हजार २० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ५ हजार २७८ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया