
वासिंगटन । अमेरिकी सिनेटले सरकारी खर्चसम्बन्धी महŒवपूर्ण मतदानमा अवरुद्ध गरेपछि संघीय सरकारले आंशिक सटडाउन घोषणा गरेको छ । यद्यपि अवरोधहरू भने सीमित हुने अपेक्षा गरिएको जनाइएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिलाई लिएर ह्वाइट हाउस र सिनेट डेमोक्रेटबीच बढेको गतिरोधका कारण शनिबार मध्यरातपछि सटडाउन सुरु भएको जनाइएको छ ।
संघीय अध्यागमन एजेन्टहरूद्वारा मिनियापोलिसमा २ जना प्रदर्शनकारीको हत्यामा डेमोक्र्याटहरूले रिसाएर प्रतिक्रिया दिएपछि सुरक्षा विभागको नयाँ कोषका लागि वार्ता असफल भएको स्थानीय मिडियाले जनाएका छन् ।
यसैबीच सिनेटर डिक डर्बिनले सामाजिक सञ्जालमा लागुऔषध तस्कर, बाल सिकारी र मानवबेचबिखन गर्नेहरूलाई पछ्याउनुको सट्टा, ट्रम्प प्रशासनले सिकागो र मिनियापोलिसमा शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई लक्षित गरी बहुमूल्य स्रोतहरू बर्बाद गरिरहेको बताएका छन् ।
प्रतिक्रिया