गायिका मेलिना राईको सहकार्यमा नरेश खातीले ल्याए ‘कान्छी’

काठमाडौं । गायक तथा सर्जक नरेश खातीले गायिका मेलिना राईको सहकार्यमा ‘कान्छी’ नाम गरेको नयाँ गीत ल्याएका छन् । उक्त गीतको भिडियो गायक खातीले ‘मेक्सम–नरेश अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

गीतमा गायक नरेश र गायिका मेलिनाको आवाज रहेको छ भने शब्द र संगीत पनि नरेशकै रहेको छ । भिडियोमा नरेश खाती स्वयं प्रमुख भूमिकामा देखिएका छन् भने उनलाई जुना विश्वकर्माले अभिनयमा साथ दिएकी छन् ।

त्यसैगरी विक्रम चौहानको निर्देशन रहेको भिडियोमा करण चैसीरको छायांकन तथा नविन घर्ती मगरको सम्पादन रहेको छ । सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय नरेश खाती गायनसँगै अभिनयमा पनि रुचि राख्ने कलाकारका रूपमा चिनिँदै आएका छन् ।

प्रतिक्रिया