
कालिकोट । चंखेलीमा १०० किलोवाट सोलार मिनिग्रिडकाे निर्माण सम्पन्न भएको छ । मानव अधिकार तथा बाताबरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटले विभिन्न सहयोगी निकायसँगको समन्वयमा निर्माण सम्पन्न गरेको हो । आंशिक आर्थिक कठिनाइका बीच २०७८ साल चैत्र महिनाबाट निर्माण सुरु भएको चंखेली १०० किलोवाट सोलार मिनिगिरिट सिस्टम १ माघदेखि विधिवतरुपमा सुरु भएको हो ।

हुरेन्डेकका संस्थापक अध्यक्ष जजराज शाहीका अनुसार करिब १५ करोडको लगानीमा कार्य सम्पन्न भएको हो । उक्त सोलार मिनिग्रिड निर्माणमा सहयोग गर्ने सहयोगी निकाय तथा व्यक्ति सबैलाई उनले धन्यवाद दिए । अध्यक्ष शाहीले आगामी दिनमा सहयोग र सहकार्यको लागी अपेक्षा गरेको बताए ।

अब केही हप्ता दिनमा समुदायमा बिजुल्ली सप्लाइ हुने जानकारिका साथ साथै समुदायको सहयोग नै आफ्ना लागि ठूलो भारी भएको अध्यक्ष शाहीको भनाई छ । १०० किलोवाट एसी पावर उत्पादन गर्ने उक्त सोलार सिस्टमले शुभकालिका गाउँपालिका वडा नं ४ सहित अन्य वडाहरुलाई उज्यालो पार्नेछ ।


कालिकाेट
प्रतिक्रिया