
काठमाडौँ । अस्ट्रेलियाको सिड्नीमा उद्यम र समाजसेवामा सक्रिय गायक महेश प्रसाईं ‘म्याक्स बाबु’ले गायिका रचना रिमालसँग सहकार्य गर्दै ‘लाग्छ सरमै’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा भीम बिसीको शब्द र संगीत, उदयराज पौडेलको एरेन्ज र कुमार रानाको मिक्सिङ तथा मास्टरिङ छ ।
गीतको भिडियोमा महेश र मोडल गरिमा शर्माको अभिनय छ । भिडियोमा महेश र गरिमालाई रोमान्टिक भावमा देखाइएको छ । गायक महेशले सिड्नीमा १९७४ एडी, कुन्ती मोक्तान, रामकृष्ण ढकाल, शिव परियार, रचना रिमाल, समीक्षा अधिकारीलगायतका गायकगायिकासँग स्टेज सेयर गरिसकेका छ ।
२ दशकदेखि अस्ट्रेलियामा बस्दै आएका महेशले सिड्नीको आइकोनिक थिएटर, राउन्ड हाउसजस्ता ठुला इभेन्टहरूमा प्रस्तुति दिइसकेका छ । उनले नेपाली फिल्म ‘पिआर’ मा पनि अभिनय गरेका छन् । महेश ताप्लेजुङमा जन्मिएका गायक हुन् ।
प्रतिक्रिया