भेनेजुएलाको राजधानीमा भीषण विस्फोट, अमेरिकाले आक्रमण गरेको आरोप

भेनेजुएला । भेनेजुएलाको राजधानीमा भीषण विस्फोटभएको छ । भेनेजुएलाले अमेरिकालाई नागरिक तथा सैनिक क्षेत्रहरूमा आक्रमण गरेको आरोप लगाएको छ । विस्फोट करिब ३० मिनेटको अन्तरालमा भएका थिए ।

केही क्षेत्रमा बिजुली गएको थियो, तर सडकमा सवारी साधनहरू सामान्य रूपमा चलिरहेका थिए । राजधानीको एक सैन्य ह्यान्गरबाट धुवाँ उठेको देखियो । २१ वर्षीया कार्यालयकर्मी कारमेन हिडाल्गोले भनिन्, ‘सारा जमिन हल्लियो, यो अनुभव अत्यन्त डर लाग्दो थियो, हामीले विस्फोट र विमान देख्यौँ ।’

राष्ट्रपति निकोलस मादुरोले आफ्ना समर्थकहरूलाई सडकमा आउन र साम्राज्यवादी आक्रमणको विरोध गर्न आह्वान गरेका छन् । सरकारले सबै राष्ट्रिय सुरक्षा योजना लागू गर्न आदेश दिएको छ भने बाह्य संकटको घोषणा गरेको छ ।

यसअघि अमेरिकी सेनाले ड्रग तस्करी गर्ने डुंगाहरूलाई निशाना बनाएको थियो । मादुरोले अमेरिकाले भेनेजुएलामा सरकार परिवर्तन गर्न र देशका तेल स्रोतमा पहुँच बनाउन खोजेको आरोप लगाएका छन् ।

प्रतिक्रिया