हात्तीलाई वनभोज खुवाएर चितवन हात्ती तथा पर्यटन महोत्सव सकियो (तस्विरहरु)

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव आज सकिएको छ । हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर महोत्सव समापन गरिएको हो ।

आज हात्तीका लागि विशेष वनभोजको आयोजना गरिएको थियो । जहाँ हात्तीलाई १५ परिकार का खाने कुरा खान दिइएको थियो । महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुंगा दौड प्रतियोगिता, हात्ती फुटबल लगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि भएका थिए ।

सौराहास्थित बाघमारा चौरमा आयोजित महोत्सवमा होटल संघ नेपाल आयोजक, रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजकका रूपमा रहेका छन् । महोत्सवका विभिन्न गतिविधिमा सरकारी तथा निजी क्षेत्रका गरी करिब ८० वटा हात्ती सहभागी भएका थिए ।– तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया