तस्करीमा पतेरो प्रजातिको किरा : किरा खोज्दै बगरभरि मानिस !

काभ्रे । चिसो मौसम लाग्दै गर्दा काभ्रे जिल्लाको भुम्लु गाउँपालिका र तेमाल गाउँपालिकाको क्षेत्रका बगरहरू पछिल्ला केही वर्षयता अनौठो गतिविधिले तातिएका छन् । पहिले बालुवा चाल्ने, माछा मार्ने र श्रम गर्ने भुम्लुका माझी समुदायलाई पछिल्लो समय किरा संकलनले नै आफ्नो पुरानो पहिचान बिर्साइदिएको छ ।

सिन्धुपाल्चोक को बन्देउ बगरदेखि सुनकोसी किनार र इन्द्रावती झिगु खोलाको किनारसम्म जहाँबाट पानी बग्छ, त्यो नजिकैको सुख्खा बगरका ढुंगामुनि बस्ने ती किरा लाई खोतली झिक्ने र जोखेर बेच्ने गरिँदै आएको छ । त्यहाँ आजकल हजारौं मानिस एउटा विशेष प्रजातिको किरा टिप्न दिनभरि भिडिरहेका छन् ।

चाइनिज ठेकेदार नै व्यक्ति दोलालघाट मा बसिरहेको छन् । एक सहायक ठेकेदारले नाम नबताउने सर्तमा भने । यो पतेरो प्रजातिको किरा, जसको नाम, पहिचान र जैविक महत्वबारे स्थानीय तहका जनप्रतिनिधिसमेत अनविज्ञ छन्, अहिले खुलेआम संकलन, खरिद–बिक्री र सम्भावित तस्करीको मुख्य विषय बनेको छ ।

स्थानीय समुदायको जीवनशैली एकैपटक बदलेको ‘किरा क्रेज’

गत वर्षदेखि भुम्लुका माझी समुदाय बालुवा चाल्ने कामबाट हात झिकेर अब बगरमा ढुंगामुनि लुकेर बस्ने किराहरू संकलन गर्न दिनभर व्यस्त देखिन्छन् । उनका अनुसार यी किरा ढुंगामुनि समूहमा बस्छन्, छुट्टै गन्ध आउँछ र सजिलै टिप्न सकिने हुन्छ ।

स्थानीय युवा समाजसेवी होमराज माझी भन्छन्, ‘माछा लोप भएपछि बालुवा चाल्दै जीविका चलाइन्थ्यो, अहिले पोहोरको तुलनामा किराको माग झनै बढेको छ, अहिले त खोज्न जाने मानिसको भिडनै छुट्टै देखिन्छ ।’

किरा संकलन गर्दा स्थानीयहरूलाई किलोको २,०००–३,००० तिरेर लैजानेहरू देखिन्छन् । उनीहरू हीट भएको किरालाई राजधानी काठमाडौं पुर्याउँदा ५,००० सम्म प्रतिकिलो पाउने गरेको जानकारी छ । स्थिर मूल्य छैन । स्थानीयहरूका अनुसार यी किराको मुख्य खरिदकर्ता चाइनिज व्यापारीहरू हुन् ।

कसरी ? किन ? कुन प्रयोजनका लागि ?

यसको उत्तर अहिले पनि अँध्यारोमै स्थानीय लाई केही जानकारी दिएको छैन । तर सुनकोसी क्षेत्रका स्थानीयहरू भन्छन्, ‘दोलालघाटबाट आएका व्यक्तिहरू २–३ हजारको दरले किरा किन्दै थिए, पछि यो टिकटकमा पो भाइरल भयो कि ! अहिले त तेमाल– १ र २ का तामाङ समुदायले समेत बगरमा हरेक ढुंगा खोल्ने मानिसको भीड छ ।’

यही कारणले अहिले तेमाल १ र २, सिन्धुपाल्चोकको बन्देऊ, इन्द्रावती र सुनकोसीका बगरहरूमा दिनभर मानिस भिडिरहेका छन् । स्थानीय जनप्रतिनिधि ‘किरा नामसमेत थाहा छैन ।’

सबैभन्दा चकित पार्ने कुरा स्थानीय सरकारका जनप्रतिनिधिहरूको अनभिज्ञता हो । किराको नाम नै थाहा छैनन् । तेमाल– १ का वडाअध्यक्ष इन्द्र बहादुर अधिकारी र तेमाल– २ का वडाअध्यक्ष देव तामाङ दुवैले यस विषयमा स्पष्ट जानकारी नभएको बताएका छन् ।

उनहरू भन्छन्, ‘मानिसहरू केही दिनदेखि टिप्दै हिँडेको देखिएको छ। तर यो किरा के हो, कसले कहाँ लैजान्छ हामीसँग कुनै आधिकारिक जानकारी छैन ।’ यसबारे बुझ्न काभ्रे जिल्ला प्रशासन कार्यालयका प्रमुख गोपाल अधिकारी लाई फोन गर्दा पनि सम्पर्क हुन सकेन ।

तर स्थानीय बुद्धिजीवीहरू भने गम्भीर चिन्तित छन् । उनीहरूका अनुसार बगर र नदीको जैविक संरचना यस्ता किराहरूमा धेरै निर्भर हुन्छ । यी किराहरू नदी–नालाको जैविक सूचक, माछाको प्रजनन चक्र, प्राकृतिक खाद्य श्रृंखला जस्ता विषयसँग प्रत्यक्ष जोडिएका हुन्छन् ।

अन्धाधुन्ध किरा संकलनले नदीको पारिस्थितिकी बिग्रने, केही वर्षमै किरा र माछाको प्रजाति नै लोप हुने,असन्तुलनका कारण पहिरो र बगर कटान बढ्न सक्ने होकी भनेरसमेत भनेर चिन्ता व्यक्त गरेका छन् ।

एक स्थानीय विद्वान भन्छन्, ‘कहिलेकाहीँ प्रकृतिले संकेत गर्छ तर हामी पैसाको लोभमा त्यो संकेत बिर्सन्छौँ, यो व्यापार, पारिस्थितिक संकटको कारक संकेत हो ।’ तस्करीको सम्भावना ‘किरा कहाँ जान्छ ?’ खोजी आवश्यक छ ।

चाइनिज व्यापारीका नाममा हुने खरिदले शंका झन् बढाएको छ। यस्ता किराहरू चाइना वा तेस्रो मुलुकमा औषधिजन्य पदार्थ, अर्का जीव खाद्य, कृषि प्रयोगशाला, पारम्परिक औषधिमा व्यापक प्रयोग हुने गरेको तथ्य अन्य मुलुकका केस स्टडीमा भेटिन्छ ।

तर, नेपालमा कुनै पनि निकायले यसको वैज्ञानिक पहिचान, मूल्यांकन, नियमन वा निर्यात प्रक्रियामा ध्यान नदिएको देखिँदैन । बगरमा भीड, मनमा शंका अब राज्यले हस्तक्षेप गर्नै पर्छ भन्दै तेमालको तल्लो चुखा बेसीमा भने स्थानीय ले नै सो किरा संकलनमा रोक लगाएका छन् ।

प्रतिक्रिया