
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ ।
त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सूचना जारी गर्दै अध्ययन बिदा लिए पश्चात फर्केर सेवा नगर्ने शिक्षक र कर्मचारीलाई ३५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको हो ।
त्रिविले अध्ययन बिदा लिए पश्चात त्रिविमा फर्कि सेवा नगर्ने शिक्षक र कर्मचारीबाट अध्ययन बिदाको सर्त उल्लंघन गरेको देखिएको बताएको छ ।
सूचनामा अध्ययन बिदा उपभोग गरी हाजिरी नभएका, सर्त अनुसार पूरा समय काम नगरेका, सेवाबाट हटाइएका, राजीनामा स्वीकृत गरी बरबुझारथ नगरेका, राजीनामा पेस गरी स्वीकृत नभएका शिक्षक तथा कर्मचारीलाई ३५ दिनभित्र समितिको कार्यलयमा उपस्थित हुन आग्रह गरिएको छ ।
प्रतिक्रिया