
काभ्रे । कवि मुरहरि रायमाझीको चौथो पुस्तक ‘गाउँ बिरानो भयो’ लोकार्पण गरिएको छ । उक्त पुस्तक प्रगतिशील लेखक संघको एक कार्यक्रमबीच बनेपामा लोकार्पण गरिएको हो । शिक्षाविद् विद्यानाथ कोइराला, साहित्यकार जीवेन्द्रदेव गिरी, हरि मञ्जुश्री, रक्तिम लामालगायतले पुस्तक सार्वजनिक गरे ।
कविता र गजल लेखनमा परिचित रायमाझीको यसअघि दुई गजल संग्रह र एक कविता संग्रह प्रकाशित छ । कविता संग्रह ‘गाउँ बिरानो भयो’ मा छन्द कविता, गजल, मुक्तक, हाइकु, साइनो गरी कविताका सात विधाका रचनाहरू समावेश छन् ।
सोही अवसरमा प्रगतिशील लेखक संघ काभ्रेपलाञ्चोकको प्रकाशनमा ‘काभ्रेली आवाज’ नामक संयुक्त कविता संग्रह पनि सार्वजनिक गरियो ।
यस्तै नवराज दाहाल उत्साहीले विशेष रचना वाचन गरे । प्रगतिशील लेखक संघ काभ्रेपलाञ्चोकले प्रत्येक महिना रचना वाचन तथा लेखक भेटघाट कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया