
काठमाडौं । जेनजी आन्दोलनको दोश्रो दिन भदौ २४ गते आन्दोलनकारीहरुले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिए पछि प्रयोग गर्न अयोग्य भएको छ ।
शिक्षा मन्त्रालय लैनचौरस्थित केशरमहलदेखि अस्थायी रुपमा सेवा प्रवाह भइरहेको छ । उक्त भवनमा आज हुने भनिएको नवनियुक्त शिक्षा मन्त्रीको पदभार ग्रहण पनि हुने छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रुपमा वैज्ञानिक महाविर पुन सिफारिस भएका छन् । तत्कालिन नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेसँगै उनले नयाँ मन्त्रीमण्डल विस्तारको तयारी गरिरहेकी छन् ।



प्रतिक्रिया