दक्षिण कोरियाका पूर्वराष्ट्रपति योएलविरुद्ध शक्तिको दुरुपयोगको मुद्दा दर्ता

सिओल । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योएलविरुद्ध शक्तिको दुरुपयोग र सरकारी काममा अवरोध पुर्याएको आरोपमा मुद्दा दर्ता गरिएको छ ।

उनले सन् २०२४ को डिसेम्बर ३ मा देशमा मार्शल ल (सैनिक शासन) घोषणा गर्दै संसदमा सेना पठाएका थिए, जसले देशमा गम्भीर राजनीतिक संकट निम्त्यायो ।

उनलाई जनवरी महिनामा पक्राउ गरिएको थियो । तर, कानुनी प्रक्रिया अनुसार मार्च महिनामा उनलाई अस्थायी रूपमा रिहा गरिएको थियो । पछिल्लो साता उनलाई फेरि प्रमाण नष्ट गर्ने सम्भावना देखिएकाले पुनः पक्राउ गरिएको हो ।

अनुसन्धानकर्ताहरूका अनुसार युनले प्रधानमन्त्री र रक्षा मन्त्रीले समर्थन गरेको झूटो कागज तयार पारेका थिए र त्यसलाई पछि नष्ट गर्न खोजिएको थियो । साथै, मार्शल ल घोषणा गर्नुपर्ने कानुनी प्रक्रिया उनले पूरा गरेका थिएनन् ।

अदालतमा सुनुवाइका क्रममा युनले आफ्नो स्वास्थ्य अवस्था कमजोर भएको र शरीरमा कमजोरी रहेको बताउँदै रिहाइको माग गरेका थिए ।

तर जुलाई १८ मा अदालतले उनको अनुरोध अस्वीकार गरेको छ । हाल उनलाई तापक्रम निकै बढेको बेलामा पंखा मात्र भएको तर एयर कन्डिसनर नभएको कोठामा एक्लै राखिएको छ ।

प्रतिक्रिया