युरोप महादेशको स्विट्जरल्यान्ड भन्ने देशमा ‘गोर्खाचुली’ नाम गरेको एक ‘हिमाल’ रहेको छ । सन् १८९४ मै नेपालका कुनै हिमाल विदेशीले नचढ्दैका बेला नेपालका करवीर बुढाथोकी र हर्कवीर थापाले युरोपको आल्पस पर्वतमालाको १ हजार माइल चाहारेर स्विट्जरल्यान्डमा पर्ने एक अज्ञात चुली चढेका थिए । पछि सो चुलीको नाम ‘गोर्खाचुली’ राखिएको थियो ।
झापाको कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँ विगत ५ वर्षदेखि ‘कुलमान घिसिङ चोक’ का नामले परिचित छ । उक्त गाउँमा २०० घरधुरी रहेका छन् । तीमध्ये १०० घरमा विद्युत् सेवा नहुँदा टुकी बाल्दै आएका थिए । तर जति गुहार गर्दा पनि सुनुवाइ नभएको यो समस्या समाधान गरिदिएका कारण स्थानीयबासीले आफ्नो गाउँको नाम नै परिवर्तन गरी कुलमान घिसिङ चोक राखेका हुन् । राजबंशी भाषामा टेकरा शब्दको अर्थ अस्थायी बस्ती हो । टेकराबाट अपभ्रंश भएर टेक्रा बनेको हो ।
हुन त स्थानीय आदिबासीका भाषामा रहेका पुराना नामहरूको परिवर्तन हुने क्रम इतिहासकालदेखिकै निरन्तरता हो । कतिपय अवस्थामा यसले विवाद र अन्योल ल्याएको पनि देखिन्छ । पछिल्लो समय विश्वका धेरै देशका सरकार र ती देशका जनताहरूले आ–आप्mनो देशभित्रका स्थान विशेषका नामहरू जो पहिले आप्mनो देशमा शासन गरेका विदेशी शासकहरूले राखेका नामहरू थिए, ती नामहरू फेरेर आप्mनै भाषामा राख्ने प्रचलन बढ्दो क्रममा रहेको छ । यस्तो कामका लागि विश्वका धेरै देशका राजनीतिक दलका नेताहरूले त राष्ट्रवादको कडीका रूपमा पनि प्रयोग गरेका छन्, आफू सत्तामा पुग्ने भ¥याङ बनाएका छन् ।
इतिहास हेर्दा जुनजुन देश विदेशीको शासन सत्ताको जाँतोमुनि पिल्सिएका थिए, ऊ बेलाका शासकले आप्mनो भाषा र आप्mनो शासक अथवा प्रसिद्ध व्यक्ति अथवा धार्मिक नामहरू राखेको थिए, ती नामहरू अहिले आएर सम्बधिन्त देशकै भाषा, प्रसिद्ध व्यक्ति, धार्मिक नेता आदिको नाम राख्न थालिएको पनि छ । यस मामलामा अरू देशभन्दा भारत अलि अगाडि रहेको देखिन्छ । त्यस्तै आधा भूगोल युरोप महादेशमा पर्ने अनि आधा भूगोल एसिया महादेशमा पर्ने विगतमा ‘टर्की’ भनी चिनिने देशले गत वर्ष आप्mनो देशको पुरानो नाम ‘टर्की’लाई स्थापित गर्दै ‘तुर्किएँ’, ‘तुर्किए’ भनी राखेको छ ।
त्यस्तै छिमेकी देश भारतको कुरो गर्दा ‘पश्चिम बंगाल’को राजधानी विगतमा कलकत्ता रहेको थियो तर, अहिले ‘कोलकाता’ बनाइएको छ । त्यस्तै अहिले ‘चेन्नई’ भनेर चिनिने सरहको नाम पनि पहिले ‘मद्रास’ रहेको थियो । उता महाराष्ट्रको राजधानी मुम्बई’को नाम पनि विगतमा ‘बम्बई’ रहेको थियो । त्यसै गरिकन दक्षिणपूर्वी एसियाली देशमा रहेको ‘बर्मा’ अहिले ‘म्यान–म्याँमार’ भएको छ ।
साम्राज्यवादी देशका शासकहरूले आआप्mनो देशको भाषा, वेशभूषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, चालचलन, कानुुनका साथै मालसमान र खाने कुरोसमेत आप्mनै देशबाट लगेर त्यहाँका जनतालाई सुरुमा सित्तैमा वा एकदमै थोरै मूल्यमा बेचे । भनिन्छ पछि त्यसरी सित्तैमा वा धेरै कम मूल्यमा बेचेका सरसामान, लत्तकपडा, भाँडाकुँडा आदि पछि ४–५ दोब्बर मूल्यमा बेचे । जस्तो कि दक्षिण भारतजस्तो गर्मी ठाउँमा बेलायतीहरूले सित्तैमा चियापत्ती र चिनी वितरण गरेका थिए अरे ! तर जब भारतको दक्षिणी क्षेत्र र अन्य गर्मी मौसम भएका क्षेत्रका भारतीयहरूमा चिया र चिनीको लत (स्वाद) ले छाड्नै नसक्ने स्थिति पैदा भयो, तब ती ठाउँमा परल मूल्यभन्दा धेरै बढी असुल्दै चिया र चिनीको व्यापक बिक्री–वितरण सुरु गरे ।
अहिले आएर विश्वभरिकै मानिसहरूले वैकल्पिक रूपमा बोल्ने भाषा ‘अंग्रेजी’ भएको छ । त्यस्तै वेशभूषाको कुरो गर्दा ‘कोट’कै कुरो गरौँ । आजका दिनमा जुनसुकै देशका जति नै राष्ट्रवादी हुँ भन्ने मान्छेहरूले पनि आप्mनो जीवनमा एकपटक ‘कोट’ लाएकै हुन्छ । जबकि ‘कोट’ लगाउने सुरुआत ‘अंग्रेज’हरूले नै गरेका हुन् भन्ने आमबुझाइ रहेको छ । यो बुझाइ सत्य हो–होइन ? जाँच–परख गर्ने कामचाहिँ विज्ञ पाठक महानुभावहरूले नै गर्नु होला । माथिको छोटो प्रसंग किन लेखेको हो भने, हाम्रो देशमा पनि धेरै हिमालका नाम विदेशी भाषामा रहेका छन् ।
हाम्रो देशमा अंग्रेजी भाषामा नाम रहेका हिमाल अलि धेरै छन् । त्यसो त फ्रेन्च, जर्मन, जापानिज, चिनियाँ, तिब्बतीलगायत अन्य विदेशी भाषामा पनि नेपाली हिमालका नाम रहेका छन् भने, हिन्दु देवीदेवताका नाममा रहेका हिमाल पनि निक्के धेरै छन् । केही हिमालका नाम स्वदेशी तथा विदेशी प्रसिद्ध व्यक्तिहरूका नाममा पनि रहेका छन् । जस्तोे ‘सगरमाथा’ हिमालकै उदाहरण लिऊँ । सो हिमाललाई आदि–अनादि कालदेखि उक्त हिमालको वरिपरि बस्दै आएका आदिवासीहरूले ‘चोमोलुङमा’ भन्थे–भन्छन् । तर विडम्बना के थियो भने, त्यो वेला आजको जस्तो सूचना, सञ्चार र प्रविधिको विकासले जगजगी मच्चाएको जमाना थिएन । त्यसैले सगरमाथाकोे दक्षिणतर्पm बस्ने, बसेका आदिवासी जनजातिहरूले आप्mनो मातृभाषाको नाम ‘चोमोलुङमा’ अरूले हरेर, चुँडेर ‘सगरमाथा, एभरेस्ट थर्डपोल, …’लगायत अनेकौँ नाम राखेको थाहा पत्तो पाएनन् ।
यो लेखमा त्यस्ता केही उदाहरणहरू दिइएको छ । जस्तै पूर्वको कञ्चनजंघा क्षेत्रमा रहेको ‘किरात चुली’लाई आजभोलि ‘टेन्ट पिक’ भन्ने गरिन्छ । हुनत कन्चनजंघा हिमाललाई लिम्बू जातिले आप्mनो भाषामा ‘सेवालुङ’÷‘सेन्छेलुङ’ भन्छन् । त्यस्तै नेपाली भाषामा कुम्भकर्ण भनिने हिमाललाई लिम्बू जातिले ‘फक्ताङलुङ’ भन्छन् । यो हिमाललाई लिम्बूलगायत किरातीहरूले आप्mनो आराध्यदेवको रूपमा पनि पुज्ने–मान्ने गर्छन् । तर, अधिकांश विदेशीहरूले भने उक्त हिमाललाई ‘फक्ताङलुङ’ वा ‘कुम्भकर्ण’ नामले भन्दा पनि ‘जान्नु हिमाल’ भनेर चिन्दछन् । त्यस्तै खुम्बु क्षेत्रमा केही हिमालको नाम विदेशी भाषामा रहेका छन् । जस्तो कि, आइल्यान्ड पिक, पिक–२९ आदि । त्यस्तै गरेर लाङटाङ हिमाल क्षेत्रमा चाहिँ मोरीमोतो नामको हिमाल र अर्कोचाहिँ स्काउटका जन्मदाता बाडेन पावेलको नाममा ‘बाडेन पावेल हिमाल’ रहेको छ । ‘बाडेन पावेल’को खास नाम ‘उर्कीमा’ हो ।
खोज्दै जाँदा हामी नेपाली जाति र नेपाली भाषामा रहेका विदेशी हिमालहरू पनि त होलान् नि, अन्य देशमा ? कि कसो हो ? हो, यस बारेमा केही चर्चा गरौँ । किनभने, शीर्षक नै ‘विदेशमा पनि ‘गोर्खा’ नाम गरेको हिमाल छ ?’ भनी राखिएको जो छ । हो, युरोप महादेशको स्विट्जरल्यान्ड भन्ने देशमा ‘गोर्खाचुली’ नाम गरेको एक ‘हिमाल’ रहेको छ । पहिलो र दोस्रो विश्वयुद्धमा बेलायती पक्षबाट लड्दा विभिन्न युद्ध मोर्चामा बहादुरीका साथ नेपालीहरू लडेका थिए । त्यसैले नेपालीलाई ‘बहादुर, गोर्खा, गुर्खा, गुर्का’ आदि नामले चिनिने गरिन्छ, अभैm पनि । साथै ‘नेपाली भन्ने बित्तिकै गोर्खाली र गुर्खाली भन्ने बित्तिकै नेपाली’ भन्ने पहिचान बन्यो, स्थापित भयो ।
पछिल्लोपटक आएको समाचारहरूमा जनाइएअनुसार काठमाडौँ महानगरपालिकाले तदारुकताका साथ काठमाडाँैको भित्री सहरका पुराना नामहरूलाई स्थापित गर्ने, लिखितरूपमै सडक र गल्लीहरूमा लेख्ने, लेखाउने क्रमलाई तीव्रता दिएको छ । यसका लागि ३ भाषालाई महत्व दिइएको छ । पहिलोमा नेपाल भाषा, दोस्रोमा नेपाली भाषा र तेस्रोमा अंग्रेजी भाषा ।
गाउँ, ठाउँ, सहर, बजार, देश आदिको नामहरूका सम्बन्धमा हर्क गुरुङले भने–लेखेअनुसार पहिले बसीरहेका मानिसहरूका बीचमा जब पछि आएर बस्नेहरूमध्ये जुन शक्ति प्रभावशाली हुन्छ, राज्य शक्तिमा पुग्छ उनीहरूले आफ्नो भाषा, वेषभूषा, चालचलन, रीतिथिति, संस्कार, संस्कृति, चाडबाड प्रथा, परम्परा आदि अन्य जातजाति, समुदाय, समूह, वर्ग आदिलाई लाद्न वा लाद्न खोज्नु अनौठो होइन ।
गुरुङका अनुसार सन् १९१४–१६ मा भएको पहिलो विश्व युद्धभन्दा २० वर्ष र सन् १९४१–४५ मा भएको दोस्रो विश्व युद्धभन्दा लगभग ४४ वर्ष पहिले नै अर्थात् सन् १८९४ मै नेपालका कुनै हिमाल विदेशीले नचढ्दैका वेला नेपालका करवीर बुढाथोकी र हर्कवीर थापाले युरोपको आल्पस पर्वतमालाको १ हजार माइल चाहारेर स्विट्जरल्यान्डमा पर्ने एक अज्ञात चुली चढेका थिए । पछि सो चुलीको नाम ‘गोर्खाचुली’ राखिएको थियो ।
प्रतिक्रिया