पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा डा कल्याणी मिश्र नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयको रिक्त रजिष्ट्रार पदमा प्राडा कल्याणी मिश्र त्रिपाठीलाई नियुक्त गरेका छन् ।

विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले उपकुलपति प्राडा बिजुकुमार थपलियाको सिफारिसमा विश्वविद्यालयको ऐन, २०५० बमोजिम लमजुङ घर भई हाल चितवन निवासी मिश्रलाई आज नियुक्त गरेका हुन् ।

३१ वर्षदेखि अध्ययनरत डा मिश्रले बागवानी विषयमा त्रिभुवन विश्वविद्यालयबाट सन् २०१६ मा विद्यावारिधि गरेकी थिइन् । उनी विभिन्न अनुसन्धान र प्रकाशन कार्यमा पनि संलग्न छन् ।

प्रतिक्रिया