राष्ट्रिय खुल्ला सोतोकान कराते प्रतियोगिता जेठ अन्त्यमा

काभ्रे । आगामी ३० र ३१ जेठमा काभ्रेको पाँचखाल श्रीकृष्ण पार्टी प्यालेसमा आयोजना हुने ‘खुला राष्ट्रिय खुल्ला सेतोकान कराते प्रतियोगिता–२०८२’को तयारी पूरा गरेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल सोतोकान कराते डो एसोसिएसन, काभ्रेले प्रतियोगिताको लागत १४ लाख रुपैयाँ रहने जानकारी गराएको छ ।


पाँचखाल नगरपालिकाको प्रतियोगिता आयोजनामा मुख्य सहयोग रहने छ । प्रतियोगितामा सहभागी शुल्क ५०० रुपैयाँ छ । २६ विविध विधामा प्रतिस्पर्धा हुने र ७ जिल्लाका खेलाडीहरू सहभागी हुने जनाइएको छ । पहिलो हुने खेलाडीलाई १० हजार, दोस्रो हुनेलाई ७ हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने सोतोकान प्रशिक्षक धिर्जेमान तामाङले बताए ।
पत्रकार सम्मेलनमा आयोजक समितिका राजु दनुवार, गणेशबहादुर दनुवार र राममणी काफ्ले लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया