काठमाडौँ । पूर्वी नेपालको कोसी प्रदेशको इटहरीमा रहेको पाँचतारे स्तरको लक्जरी होटेल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व रहेको कम्पनी होटल गरिमा लिमिटेड र एनआइएमबी एस क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ ।
होटलले सेयर प्रारम्भिक सार्वजनिक निष्काशन, (आइपिओ) गरी नेपालको पुँजी बजारमा प्रवेश गर्ने प्रक्रियागत कार्यसम्पादनका लागि एनआइएमबी एस क्यापिटल लिमिटेडसँग ‘रोडम्याप टु आइपिओ’ सम्बन्धी रणनीतिक सहकार्य तथा परामर्शका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् । होटल गरिमा लिमिटेड यस रोडम्याप सेवा सम्झौतामा हस्ताक्षर गरी सार्वजनिक सूचीकृत कम्पनीप्रतिको यात्राको शुभारम्भ गरेको छ ।
उक्त कम्पनीले काठमाडौँमा रोडम्याप टु आइपिओ सम्झौतामा होटल गरिमा लिमिटेडको तर्फबाट प्रबन्धनिर्देशक विनोद पौडेल र एनआइएमबी एस क्यापिटलका तर्फबाट डेपुटी सिइओ सचिन्द्र ढुंगानाले सम्झौता पत्रमा औपचारिक हस्ताक्षर गरे ।
प्रतिक्रिया