काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसनबीच व्यावसायिक सम्झौता भएको छ । बैंक र इन्जिनियर्स एसोसिएसनबीच विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य राखी सो सम्झौता भएको हो । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र इन्जिनियर्स एसोसिएसनतर्फ अध्यक्ष ई. सुभाषचन्द्र बरालबाट हस्ताक्षर भई सो व्यावसायिक सेवा आरम्भ गरिएको छ ।
यस सम्झौतामार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गरिएको छ । सोही सम्झौताअनुसार एसोसिएसनका सदस्यहरूलाई लक्षित गरी बैंकको २७५ वटा शाखामाार्फत प्रोफेसनल बचत खाता खोली दस लाखको दुर्घटना बिमा सुविधासहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा, र डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैंकिङमा विशेष छुटको व्यवस्था रहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया