काठमाडौं । आफूलाई गृह मन्त्रालयको कर्मचारी बताउँदै प्रहरीलाई धम्क्याएको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले पाल्पाको नैनादेवी गाउँपालिका– ७ का ५७ वर्षीय भक्तबहादुर रायमाझीलाई पक्राउ गरेको जनाएको छ ।
हाल काठमाडौं महानगरपालिका–१ नक्साल बस्दै आएका रायमाझीले गृहमन्त्रालयको कर्मचारी बताउँदै विभिन्न प्रहरी कार्यालयमा टेलिफोन गरेको र धम्की दिएको प्रहरीले जनाएको छ । उनको त्यस्तो हर्कत गरेपछि प्रहरीले गृहमन्त्रालयमा सोधपुछ गरेको थियो ।
गृह मन्त्रालयले उनी मन्त्रालयको कर्मचारी नभएको बताउँदै पक्राउ गरी कारबाही गर्न प्रहरीलाई आदेश दिएपछि पक्राउ परेका हुन् । नक्सालबाट पक्राउ परेका उनलाई थप कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको बताइएको छ ।
प्रतिक्रिया