नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा छोराले बुबा र छिमकीको हत्या गरेका छन् ।
आज शुक्रबार बिहान ११ बजे जिल्लाको सुनवल नगरपालिका–२ को औरहियामा ३५ वर्षीय हेमराज थारूले ५० वर्षीय बाबु जयराम थारू र छिमेकी ७० नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरीका कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले बताए । खेमराजले दुवै जनाको टाउको र घाँटीमा प्रहार गरी हत्या गरेको उनको भनाइ छ ।
इलाका प्रहरी कार्यालय सुनवल र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर आरोपित पक्राउ गरिसकेको प्रहरीको भनाइ छ । खेमराजले किन हत्या गरे भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया