विपक्षी दलको अवरोधपछि आज पनि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । विपक्षी दलहरुले अवरोध गरेपछि आज पनि प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । हिँजो मंगलबार पनि गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा जोडिएको भन्दै विपक्षी दलहरुले बैठक चल्न दिएका थिएनन् ।

आज पनि सोही विषय लिएर विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक आधा घण्टाको लागि स्थगित गरेका हुन् । आज बिहान ११ बजे बस्ने भनिएको बैठक २ घण्टा ढिलो गरी सुरु भएको थियो । मन्त्री रमेश लेखकको राजीनामा माग्दै अवरोध गरेका थिए ।

प्रतिक्रिया