बुटवलमा एकै परिवारका ३ जनाको हत्या

बुटवल । बुटवलमा एकै परिवारका तीन जनाको हत्या भएको छ । बुटवलस्थित होराइजन चोकमा एक महिला र उनका दुई छोरीको विभत्स हत्या गरिएको हो । करिब ३४ वर्षकी दीपा बस्याल र उनका २ छोरीको हत्या गरेको पाइएको छ ।

७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानीको हत्या भएको हो । हत्या सुजन कोइरालाले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सुजन दीपाका पूर्वपति रहेको बताइएको छ । उनीहरुको सम्बन्ध विच्छेद केही वर्ष पहिले भएको थियो ।

सुजन कोइरालाले यसअघि आफ्नै दाजुको हत्या अभियोगमा जेल सजाय भएका थिए । तर केही वर्षपहिले उनलाई कैद माफी दिइएको बताइएको छ । पूर्वपति सुजनले घरमै बोलाएर पूर्वश्रीमती र छोरीहरुको हत्या गरेको प्रहरीले जनाएको छ । सम्बन्ध विच्छेदपछि दीपाले अर्का युवकसँग विहे गरेकी थिइन् । विहेपछि दुई छोरीको जन्म भएको थियो । रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीका अनुसार घटनाको अनुसन्धान जारी छ ।

प्रतिक्रिया