नेपाल इन्स्योरेन्सको अध्यक्षमा साउद

काठमाडाैँ । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा चन्द्र सिंह साउद सर्वसम्मतिबाट चयन भएका छन् । कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले साउदलाई सर्वसम्मतिबाट अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । साउद नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का पूर्वसीईओ हुन् ।

त्यस्तै, कम्पनीको जेठ १२ गतेकै बैठकले रिक्त रहेको सञ्चालक पदमा संस्थापक शेयरधनी नेपाल बैंकको तर्फबाट समता पन्तलाई कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व मनोनयन गरिएको जनाएको छ ।

प्रतिक्रिया