काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२–८३ को बजेटबारे जानकारी गराएका छन् । संवैधानिक व्यवस्थाअनुसार सरकारले यही जेठ १५ गते बजेट ल्याउँदै छ ।
सोही बजेटका बारेमा अर्थमन्त्री पौडेलले आज राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । बजेटअघि आज अर्थमन्त्री पौडेलले संसदमा आर्थिक सर्वेक्षण पेश गर्नेछन् ।
प्रतिक्रिया