अर्थ मन्त्रालयमा गभर्नर सिफारिस समितिको बैठक

काठमाडौं । अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक बसिरहेको छ । समितिका संयोजक रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठक बोलाएका हुन् ।

बैठकमा अर्थमन्त्रीसहित सद स्यद्वय महाप्रसाद अधिकारी र पोषराज पाण्डे सहभागी छन्। यही बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।

समितिले सिफारिस गरेका नाममध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्नेछ । मन्त्रिपरिषद् बैठक पनि आजै साँझ ६ बजेलाई बोलाइएको छ । सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच अर्थविद् विश्व पौडेललाई गभर्नर बनाउने सहमति यसअघि नै भइसकेको छ ।

प्रतिक्रिया