काठमाडौं । सुमेरु बचत तथा ऋण सहकारी लिमिटेडका बचतकर्ताहरुले सञ्चालकहरुले ठगी र संगठितरुपमा अपराध गरेको भन्दै कारवाहीको माग गरेका छन् । उनीहरुले आफूहरुको १५ अर्ब ६० करोड बचत सञ्चालकको मिलेमतोमा हिनामिना गरेको भन्दै छानबिन गर्न सरकारसँग मागसमेत गरेका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सहकारी सञ्चालकले लाखौँ बचतकर्ताको अर्बौँ ठगी गरेको भन्दै सरकारले फिर्ताको लागि पहल गर्नुपर्ने बताए । सरकार कडारुपमा प्रस्तुत नभएकै कारण ठगहरु खुलमखुला हिँडिरहेको बताए ।
‘सहकारी पीडितको बचत फिर्ताको लागि सरकारले कडारुपमा प्रस्तुत हुनुपर्छ, संचालकले संगठितरुपमा बचत अपचलन गरेका छन् । सरकारले जेलमै कोचेरै भएपनि बचत फिर्ता गर्नुपर्छ’, खनालले भने ।
पीडित बलराम राजभण्डारीले सरकारले नचाहेकै कारण बचतकर्ताहरुले बचत फिर्ता नभएको बताए । ‘जनताको बचत हिनामिना गर्नेहरु नै यही वरपर बसेका छन्, तर सरकारले कारवाहीको नगरेकै कारण ठगहरुको मनोबल बढेको छ, सरकारले जनताको बचत फिर्ताको पहल गर्नुपर्छ’, राजभण्डारीले भने ।
बचतकर्ताको बचत हिनामिना गरेपछि पीडितको माग अनुसार सहकारी समस्याग्रस्त घोषणा भइसक्दा पनि सञ्चालकहरु उल्टाउन अदालत पुगेको बताए । बचतकर्ताकै रकम दुरुपयोग गरेर संचालक १४ जना कानुन व्यवसायीहरु लगाएको आरोप राजभण्डारीले लगाए ।
सञ्चालकले समस्याग्रस्त अवस्थाबाट उल्टाउन अधिकांश नक्कली बचतकर्ताको हस्ताक्षर बोकेर अदालत पुगेको राजभण्डारीले बताए । ‘ पीडित तथा वित्तीय अपराध अनुसन्धानकर्ता सुनिल स्थापितले सुमेरुमा संचालकहरुले संगठित रुपमा बचत हिनामिना गरेको बताए ।
सुमेरुमा कसरी संगठितरुपमा पीडितको बचत अनियमितता कसरी भयो भन्ने विवरण सार्वजनिक गर्दै स्थापितले जनताको बचत हत्याउने उद्देश्यले संचालक संगठित रुपमा ठगी गरेको बताए । उनले भरत महर्जन नेतृत्वको सञ्चालक समितिदेखि हालसम्मका संचालकले पीडितलाई अल्मल्याउन र बचत पचाउनको लागि देखावटी झगडा गरिरहेको दाबी गरे ।
महर्जनले सुमेरु डेभलप्र्सको जग्गा बच्च २०८१ बैशाख १४ गते सुनिल ढंगोललाई बेलायतबाटै अधिकृत वारिस दिएको बताए । पीडित रिता गिरीले आफूहरुको बचत फिर्ताको लागि सरकारले ठगि गर्नेहरुलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन् । आफूहरुले श्रम गरेर जम्मा गरेको पैसामाथि संचालकले मोजमस्ती गरेको भन्दै गिरीले बताइन् ।
प्रतिक्रिया