काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट आपूर्ति तथा उपभोक्ता विभागले नुन व्यापार निजी क्षेत्रलाई नदिन खबरदारी गरेको छ । कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै नुन व्यापार निजी क्षेत्रलाई नदिन खबरदारी गरेको हो ।
वर्तमान सत्ता साझेदारहरुसँगको भएको सहमति र सम्झौताको आधारमा देशमा बढ्दै गएको भ्रष्टाचार, महँगी, अव्यवस्थित बजार र सुशासनको अभावलाई न्यूनिकरण गर्दै समृध्द नेपाल सुखी नेपालीको चाहना अनुरुप देशमा महँगी नियन्त्रण गर्दै आम नागरिकले अनुभूत गर्न सक्ने गरी सुशासन र व्यवस्थित बजार स्थापना आम नागरिकको दैनिक जीवन सहज बनाई राज्यप्रति जनताको नकारात्मक भावलाई हटाउन दुई ठूला दलहरुको गठबन्धनीय सरकार स्थापना भएको सो विभागले जनाएको छ ।
विभागले सरकार स्थापना गर्दाको अवस्थामा आम नागरिकलाई दुई ठूला दलले कबूल गरेको प्रतिबद्धताहरु बिपरित बजारमा महंगीको श्रृंखला बढदै गएको, भ्रष्टाचारजन्य कृयाकलापलाई नियन्त्रणमा ल्याउन नसकेको र बजारलाई व्यवस्थित गर्न नसकेको जस्तो गुनासोहरु सुनिन थालेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिक्रिया