बजेटमा चलखेल गर्ने ठाउँ राखियो : वर्षमान पुन, पूर्वअर्थमन्त्री
नीति कार्यक्रम अमूर्त, गन्तव्यहीन र निरस भयो, अलमल पनि देखिएको छ । बजेट पनि गन्तव्यहीन आउने देखियो । अमूर्त नीति ल्याएर बजेटमा चलखेल गर्न खोजेको देखिन्छ ।
सबैलाई खुसी पार्न खोजियो : डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री
गुणात्मक महत्वको परिवर्तनका कुराहरू आउँछन् कि भन्ने अपेक्षा थियो । तर, पुरानैको निरन्तरता आयो । सबैलाई खुसी पार्न खोज्दा सरकार सामान्य पास भयो, फस्र्ट डिभिजन आएन ।
अल्छी सरकारले बासी कार्यक्रम ल्यायो : स्वर्णिम वाग्ले, रास्वपा सांसद्
अल्छी सरकारले बासी कार्यक्रम ल्यायो । फेल भएका कार्यक्रम दोहोर्याइएको छ । नयाँ केही छैन । हावादारी कार्यक्रमको पनि कल्पनाशीलता देखिएन । देशको अवस्थाबारे निरपेक्ष र अनभिज्ञ भएको देखियो ।
टोले गुन्डाको चन्दा पर्चीजस्तो : ज्ञानेन्द्र शाही, प्रमुख सचेतक, राप्रपा
पुरानो कागजको खोस्टोजस्तो छ । टोले गुण्डाहरूले चन्दा उठाउन गरिएको सम्झौताको खोस्टो जस्तो देखिन्छ नीति कार्यक्रम ।
परिणाम दिने कार्यक्रम आएन : प्रभु शाह, आजपा अध्यक्ष
क्यान्सरको रोगीलाई टिबीको औषधिजस्तै देखियो । यसले सतहलाई चिन्न सकेको छैन । व्यावहारिक रूपमा परिणाम दिन सक्दैन ।
अझै साहसिक कार्यक्रम आउनुपथ्र्यो : डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्री
धेरै कुरा आएका छन्, तर कतिपय कुरामा अझै एक स्टेप अघि बढ्न सकिन्छ । साहसिक किसिमबाट आउनुपथ्र्यो । अर्थतन्त्र चलायमान गर्न उत्पादनशील र परिणाम आउने ठोस कुरा आउनुपथ्र्यो ।
अर्थतन्त्र ट्र्याकमा राख्न खोजिएको छ स्म हेश बर्तौला, एमाले प्रमुख सचेतक
कसरी अर्थतन्त्र ट्र्याक राख्न, संरचनागत सुधार गर्न, उत्पादन वृद्धि, रोजगार प्रवद्र्धनलाई मुख्य प्राथमिकतामा राख्न सकिन्छ भन्ने विषयमा नीति कार्यक्रमले जोड दिन खोजेको छ ।
निजी क्षेत्रको सुझाव समेटिएको छ : अञ्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष, एफएनसिसिआई
निजी क्षेत्रको सुझाव समेटेर कार्यक्रम आयो । शिक्षालाई रोजगारी र सीपसँग जोड्नुपर्नेमा सरकारले प्रतिबद्धता जनाएको छ । आगामी दशकलाई रोजगारी दशक बनाउने भनिएको छ । अब बजेटले कसरी सम्बोधन गर्छ भन्ने हेर्न बाँकी छ ।
प्रतिक्रिया