काठमाडौं । पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई छुटाउन सर्वोच्च अदालतले प्रहरीलाई पत्र पठाएको छ । बुधबार पक्राउ परेका चौधरी सर्वोच्चको पत्र प्रहरीमा पुग्ना साथ चौधरी छुट्ने भएका छन् ।
उनलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको पत्र प्रहरीमा पुगेको छ । यसअघि सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत महिमानसिंह विष्टलाई पक्राउ गरेर हिरासतमा राखिएको बताइएको छ ।
उनले आफूलाई हिंसामा मरेका मान्छेहरुको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएका छन् । बुधबार नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज प्रज्ञा भवनमा एकता हुने कार्यक्रम तय गरिएको थियो । सोही कार्यक्रममा पुगेका नाउपाका संरक्ष चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया