ऊर्जा संकट टार्ने अफ्रिकी बाटो

क्लिन इनर्जी अफ्रिकाको सबैभन्दा ठुलो सफलताको कथा बन्न सक्छ । यसका लागि अफ्रिकीहरूले अमेरिकी राष्ट्रपतिको सल्लाह सुन्न आवश्यक छैन, जसले ‘अमेरिका पहिलो’ भन्ने विषयलाई मात्र ध्यानमा राख्छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैभन्दा घातक ठहरिएका कोइलासहितका जीवाश्म इन्धन प्रयोगका लागि जोड दिइरहेका छन् । त्यत्तिकै पनि आगो बल्ने अफ्रिकाको सवालमा यो अत्यन्त घातक सुझाव हो । अफ्रिकाका १०औँ लाख मानिसहरूलाई जलवायु परिवर्तनको सामना गर्नका लागि सहयोग प्रदान गर्दै आएको युएसएडको सहयोग रकम बन्द गरिएको छ । अफ्रिकाभर अमेरिकाको ऊर्जा नीतिले खाडी, बाढी, हुरी र आँधीबाट ज्यान गुमाइरहेका हजारौँजनाको स्मरण गराउन बाध्य गराएको छ । अमेरिकाले औद्योगिककाल पूर्वको अवस्थादेखि यताको एकचौथाइ कार्बन उत्सर्जनको मात्रा ओगटेर जलवायु परिवर्तनका कारण उत्पन्न महामारीको प्रमुख हिस्सा नै ओगटेको छ ।

अहिले जलवायु संकट भोगिरहेका नागरिकका लागि यो कदम आर्थिक मृत्युदण्ड पनि हुन सक्छ । जलवायु परिवर्तनले अफ्रिकामा अहिले नै डरलाग्दो असर देखाइसकेको छ । क्रिस्चियन च्यारिटी एडको सन् २०२२ को प्रतिवेदनले नै त्यो समस्या वर्तमान जलवायु परिवर्तनसँग सम्बन्धित भएको देखाएको छ । सो प्रतिवेदनले जलवायु परिवर्तनकै कारण सन् २१०० सम्म अफ्रिकाली देशहरूको कुल गार्हस्थ्य उत्पादनको ६४ प्रतिशतले गिरावट आउने देखाएको छ ।
पुनः नवीकरणीय ऊर्जाका लागि सक्षम अफ्रिकाको लागि अहिले नै जीवाश्म इन्धनको उपयोग आवश्यक छैन । उनीहरू आफैँ जीवाश्म इन्धनबाट बाहिर आउन सक्षम हुनसमेत आवश्यक छ ।

अहिले ट्रम्पलाई जीवाश्म इन्धनका लागि सल्लाह दिनेहरूलाई अफ्रिका एउटा खाडलबाट उठेर बाहिर आएकोभन्दा त्यही फोहोर ऊर्जाको कालमा फर्कंदा खुसी मिल्नेछ, जुन कालमा ल्यान्डलाइन टेलिफोनलाई मोबाइल फोनले विस्थापित गरिरहेको भए पनि अफ्रिकीहरूलाई यसका बारे जानकारी थिएन ।
अन्य कुनै महादेशमा अफ्रिकामा जस्तो कब्जा गर्न नसकिएको सौर्य वायु ऊर्जाको स्रोत छैन । उत्तर अफ्रिकाको भिजेको मरुभूमिदेखि पूर्वी अफ्रिकाको हावाले बढारिएको समथर भूमिसम्ममा यत्ति धेरै प्राकृतिक स्रोत छ कि यो महादेश ‘क्लिन इनर्जी’का लागि संसारको नेतृत्वदायी बन्न सक्छ ।
सोलार, वायु, जियो थर्मल र हाइड्रोपावर ऊर्जामार्फत् मोरक्को, केन्या र दक्षिण अफ्रिका जस्ता देशहरूले अहिले नै आफूलाई पुनःनवीकरणीय ऊर्जाको क्षेत्रमा अग्रणी बनाइसकेका छन् ।

पुनःनवीकरणीय ऊर्जाका गरिएको लगानीले धेरै नाफा हुन सक्छ । पहिलो त यसले १०औँ लाखौँजनालाई ऊर्जाको स्रोतसम्म लैजान सक्छ । साथै रोजगारी सिर्जना गर्नुका साथै आर्थिक समृद्धि पनि प्रदान गर्न सक्छ । पुनःनवीकरणीय ऊर्जाका परियोजना प्रायः स्थानीय आवश्यकता अनुसार मापनयोग्य र स्वीकार्य हुन सक्छन् । ग्रामीण परिस्थितिको पहिचान गरेर यसलाई सोही अनुसार तयार गर्न पनि सकिन्छ ।

यसको विरोधाभासको रूपमा कोइलाजन्य ऊर्जाका कारण अफ्रिकाले महँगो मूल्य चुकाइरहेको छ । यसले सस्तो र सहजै उपलब्ध हुने पुनःनवीकरणीय ऊर्जालाई जिस्क्याइरहेको छ । र, यसले वातावरणीय क्षति, स्वास्थ्यमा पर्ने असर, जलवायु उथलपुथलले सिंगो आर्थिक क्षेत्रमा पर्ने असरलाई बेवास्ता गरिरहेको छ । जे होस्, संसारभर पुनःनवीकरणीय ऊर्जाको क्षेत्रमा बढ्दै गएको लगानीको कारण कोइलाजन्य उद्योगहरू धरापमा परेका छन् या एउटा निश्चित मापदण्ड कायम गर्न बाध्य हुँदै छन् ।

अफ्रिकालीहरूले कोइलाजन्य उद्योग समर्थक ट्रम्प पक्षधरको सामना गर्दै ऊर्जा क्षेत्रमा सुरक्षित भविष्यका लागि ‘क्लिन इनर्जी’लाई अघि बढाउन अनिवार्य भएको छ । पुनःनवीकरणीय ऊर्जाको संरचना निर्माणमा लगानी, सरकारी र निजी नीति नियमको ‘फ्रेम वर्क’ र अन्तर्राष्ट्रिय समन्वयमा वृद्धिलगायत बहुआयामिक दृष्टिकोणसहित अघि बढ्न जरुरी छ ।

‘क्लिन इनर्जीको क्षेत्रमा लगानी जटिल हो । यसमा सोलार पार्क र वायु फार्मजस्ता ठुला धनराशिको परियोजना मात्र समावेश छैनन्, विद्युतलाई हरेक समुदायमा लैजानका लागि विकेन्द्रित नीति पनि आवश्यक छ । समुदायमा आधारित सौर्य ऊर्जा र माइक्रो ग्रिडमा केन्द्रित हुँदै धेरै अफ्रिकी देशहरू यी क्षेत्रमा अगुवाइ गर्न सफल भइसकेका छन् । यो पहल र प्रस्तुतिले इन्धनको आयातमा कमी ल्याउँदै कसरी व्यावहारिक र महत्वाकांक्षी पुनःनवीकरणीय ऊर्जालाई अगाडि बढाउन सकिन्छ भन्ने देखाएको छ ।

यसका लागि बलियो शासन र नीतिको फ्रेमवर्क आवश्यक छ । अफ्रिकी सरकारका लागि जलवायु परिवर्तनलाई स्वीकार गर्दै लचिलो बनेर ग्रामीण क्षेत्रलाई समेत ध्यानमा राख्दै योजना बनाउन आवश्यक छ । यसमा जलवायुसँग सरोकार राख्ने विषयलाई एकै स्थानमा केन्द्रित गर्दै अति आवश्यक स्थानमा नयाँ योजना निर्माण गर्नु जरुरी छ । साथै, सबै क्षेत्रमा उपलब्ध गराउने विषय पनि समावेश गर्न जरुरी छ । प्रभावकारी शासन संरचनाले जलवायु परिवर्तनका अवस्थालाई स्वीकार गर्ने क्षमतामा वृद्धि गर्नुका साथै पुनःनवीकरणीय ऊर्जामा गरिएको लगानी दीगो र भरपर्दो बनाउँछ ।

अन्तर्राष्ट्रिय सहयोग र समर्थन पनि त्यत्तिकै महत्वपूर्ण छ । विश्वव्यापी जलवायु ‘क्लिन इनर्जी’ संक्रमणकालमा अफ्रिकाको आर्थिक र सामाजिक विषयमा गरिएका प्रतिबद्धताहरू पनि समावेश गरिएका छन् । विश्वको ७० प्रतिशतभन्दा बढी कार्बनडाइअक्साइड उत्पादन गर्ने देशहरू यो शताब्दीको मध्यसम्ममा ‘नेट जिरो’ लक्ष्यमा पुग्ने बताइरहेका छन् । यसमा थुप्रै अफ्रिकी देश पनि समावेश छन् । यो प्रतिबद्धताले अफ्रिकी देशलाई सक्षम बनाउँदै उनीहरूको ऊर्जा सम्बन्धित लक्ष्य समयमै प्राप्ति गर्न र पूर्ण बनाउनका लागि जलवायु लगानी र प्रविधिमा सहयोग गरेको छ ।

अफ्रिकाका लागि दीगो आर्थिक विकासको बाटोमा हिँड्नका लागि पुनःनवीकरणीय र स्वच्छ ऊर्जासँग अँगालो हालेर अघि बढ्न जरुरी छ । ऊर्जा श्रोतमा बढवा दिँदै रोजगारीको सिर्जना गर्ने र जलवायु संकटलाई समाधान गर्नका लागि जलवायु क्षेत्रमा विश्वकै नेतृत्व गर्न अफ्रिकासँग आवश्यक पर्ने प्राकृतिक श्रोत र अभिनव भावना छ । कोइलाको प्रयोग कायम राख्न जीवाश्म इन्धन उद्योगहरूले गरेको प्रयासलाई निस्तेज गर्दै अफ्रिकाले आफ्नो क्षेत्रका बासिन्दाको भविष्य उज्ज्वल बनाउन सक्नेछन् ।

क्लिन इनर्जी अफ्रिकाको सबैभन्दा ठुलो सफलताको कथा बन्न सक्ने छ । यसका लागि अफ्रिकीहरूले अमेरिकी राष्ट्रपतिको सल्लाह सुन्न आवश्यक छैन, जसले ‘अमेरिका पहिलो’ भन्ने विषयलाई मात्र ध्यानमा राख्छन् ।

(पावर सिफ्ट अफ्रिकाका संस्थापक तथा निर्देशक एडउको ७ अप्रिलमा अल जजिरामा प्रकाशित लेखको भावानुवाद)

प्रतिक्रिया