काठमाडौंको बालाजु स्थित बाइसधारामा विशेष मेला (तस्बिरहरू)

चैत शूक्ल पूर्णिमा दिन शनिबार ऐतिहासिक महत्व बोकेको काठमाडौंको बालाजु स्थित बाइसधारामा विशेष मेला लागेको छ । मेलाका अवसरमा शनिबार बाइसधारामा भक्तजनको घुँइचो लागेको थियो । मेलामा नुवाकोट, धादिङ, रसुवा, चितवन लगायतका विभिन्न जिल्लाहरुबाट भक्तजनहरु बाइसधारा आउने गर्दछन् । तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको उत्त धारामा नागार्जुनको डाँडाबाट पानी आउने गर्दछ । यस दिन बालाजु बाइस धाराको पानीले स्नान गरे पाप पखालिने, रोग निको हुने र चिताएको पूरा हुने धामिर्क विश्वास रहिआएको छ ।

तस्बिरहरु – नेपाल फोटो लाईब्रेरी

प्रतिक्रिया