काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनः निर्माणपछि पुनः जनबहाल मन्दिरमा प्रतिष्ठा गरिएको छ ।
पाँच दिने सेतो मछिन्द्रनाथ जात्राको समापनसँगै २०८१ चैत्र २७ गते मन्दिरमा विधिवत् रूपमा मूर्ति पुनः स्थापना गरिएको हो ।
नेवार समुदायको गहिरो आस्थासँग जोडिएको यो पुनः स्थापना धार्मिक मात्र नभई सांस्कृतिक दृष्टिले समेत ऐतिहासिक क्षण भएको जनाइएको छ ।
पुरातात्विक महत्व बोकेको यो मन्दिर २०७२ को भूकम्पमा गम्भीर क्षति पुगेपछि यसको पुनः निर्माण सुरु गरिएको थियो । संरचनागत सुरक्षा सुनिश्चित गर्दै सम्पदाको मौलिकता जोगाउने गरी मन्दिरको पुनः निर्माण कार्य सम्पन्न भएको हो ।
प्रतिक्रिया