पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

काठमाडौं । गत चैत १५ गते राजसंस्था पुनःस्थापनाको आन्दोलनका कमाण्डर प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गरेर काठमाडौं ल्याएको छ । प्रसाईंसँगै उनका अंगरक्षक दीपक खड्कालाई पनि पक्राउ गरेर काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । उनलाई बुद्ध एयरको विमानमार्फत शुक्रबार झापाको भद्रपुरबाट काठमाडौं ल्याइएको हो ।

चैत १५ गते राजावादी आन्दोलनमा तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका प्रसाईंलाई भारतबाट पक्राउ गरेर लिएर आज काठमाडौं ल्याइएको छ । उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर उनलाई चन्द्रगढी विमानस्थल पुर्याइएको थियो । जिल्ला प्रहरी कार्यालयबाट विमानस्थलसम्म पुर्‍याउँदा उनलाई हतकडी लगाइएको थियो । विमानमा चढाइसकेपछि भने उनको हतकडी खोलिएको थियो । काठमाडौं ओर्लिएपछि पुनः हतकडी लगाइएको थियो ।

गत चैत १५ गते राजावादी आन्दोलनका कमाण्डर भएका प्रसाईंले प्रदर्शनकारीलाई हिंस्रक बन्न उचालेका आफैँले पनि सयौँ प्रहरीको भिडलाई किचौँलाझैँ गाडी कुदाएका थिए । त्यहाँ प्रहरीलाई मारौँला झैँ उनले गाडी कुदाएकोले उनीमाथि ज्यानमार्थे उद्योगमा अनुसन्धान अघि बढाइँदैछ ।

प्रतिक्रिया