पाँचथर । फिदिम नगरपालिकाको शिवाखोला हुँदै लुम्फाबुङ– फाल्गुनन्द गाउँपालिका क्षेत्र नवमीडाँडा जोड्ने सडक निर्माणको कालोपत्रे सडक सकिन लागेको छ ।
कालोपत्रे सडकको काम सकिन लागेको पूर्वाधार कार्यालय पाँचथरका सूचना अधिकारी टिका लिम्बूले जानकारी दिए । प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय पाँचथरबाट १४ किलोमिटर सडक कालोपत्रे गर्ने काम अघि बढेको थियो ।
सो सडक कालोपत्रे गर्न थोरै बाँकी छ । अब केही दिनमै सकिने पूर्वाधार कार्यालय पाँचथरका सूचना अधिकारी लिम्बूले बताए । सडक बनेपछि यो क्षेत्रका बासिन्दालाई सदरमुकाम तथा अन्य ठाउँ जान र कृषि उत्पादन बिक्री–वितरण गर्न सुविधा पुग्ने र कालोपत्रे सडक निर्माणकार्य सकिने युवा पत्रकार गिरीराज बास्कोटाको भनाई छ ।
नवमीडाँडामा पनि सडक कालोपत्रे भएकाले कालोपत्रे सडकको नेटवर्क बन्ने प्रमुख जिल्ला अधिकारी बिष्णुप्रासद कोइरालाले जानकारी दिए । जिल्लाका विकासे योजनाहरु बन्दै गरेको अवस्थाको अनुगमन र निर्माणकर्तालाई सरोकारवालाबाट खबरदारी भइरहेको बताइएको छ ।
प्रतिक्रिया