राष्ट्रिय विज्ञापन संघमा नयाँ कार्यसमिति, अध्यक्षमा कोइराला

काठमाडौँ । राष्ट्रिय विज्ञापन संघ नेपालमा प्रदीपप्रसाद कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । राष्ट्रिय विज्ञापन संघ नेपालको दोस्रो वार्षिक साघारणसभा तथा पहिलो अधिवेशनबाट मिडिया सोलुसन प्रालिका कोइरालाको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो ।

संघको प्रथम उपाध्यक्षमा सिटी एक्प्रेस मिडिया प्रालिका अमृतकुमार पन्थी, द्वितीय उपाध्यक्षमा एड चौतारीका आशिष खड्का, महासचिवमा मिडिया जर्नलमा बिमल खड्का, सचिवमा नेपाल मिडिया हाउस प्रालिका नवराज निरौला, कोषाध्यक्षमा स्मारिका ट्रेडर्स प्रालिका अरुण अर्याल र सह–कोषाध्यक्षमा सिगास मिडिया हब प्रालिका चन्द्रकान्त अवस्थी सर्वसम्मत रूपमा चयन भएका छन् ।

सदस्यहरूमा स्वर्गद्वारी मिडिया प्रालिका बसन्त योगी, डच मिडिया प्रालिका रवि अर्याल, एमबिसस मिडिया प्रालिका राधाकुमारी ढकाल रोजी, प्रिन्ट प्रो इन्टरप्राइजेजका अनुप अधिकारी, के एन्ड आर जिटल मार्केटिङका कुलराज भट्टराई, पोलिसी मिडिया प्रालिका सविन पोखरेल, नेसनल मिडिया सर्भिस प्रालिका अदिप पाठक निर्वाचित भएका छन् ।

राष्ट्रिय विज्ञापन संघ नेपालको दोस्रो वार्षिक साघारण सञ्चार तथा सूचना प्रविधी मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए । कार्यक्रममा विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईं, मिडिया एलाइन्सका अध्यक्ष भास्करराज राजकर्णिकार त्यसैगरी अथितिहरूमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का इन्चार्ज दीपक आचार्य, ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल (बान) का अध्यक्ष कुमार भट्टराईज्यू, त्यसैगरी, पत्रकार महासंघका उपाध्यक्ष, सञ्चार उद्यमीहरूको समेत उपस्थिति रहेको थियो ।

राष्ट्रिय विज्ञापन संघ नेपालमा १०० भन्दा बढी विज्ञापन एजेन्सीको संगठन रहेको निवर्तमान अध्यक्ष धर्मेन्द्र काजी श्रेष्ठले जानकारी दिए । कार्यक्रममा उनले विज्ञापनको दायरा बढाउनुपर्ने भन्दै मन्त्री तथा विज्ञापन बोर्डका अध्यक्षको ध्यानकर्षणसमेत गराएका थिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विज्ञापन बजार व्यवस्थापन र सुदृढ गर्न राष्ट्रिय विज्ञापन नीति अत्यन्त आवश्यक रहेको बताए । मन्त्री गुरुङले पुरानो नीति र व्यवस्थामा चलेको विज्ञापन नीति समयानुकूल परिमार्जन गर्न नसक्दा व्यवहारमा जटिलता आएको बताए । विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन बजार घटिरहेको अवस्था उल्लेख गर्दै सरकारले यसबारे स्पष्ट नीति तत्काल ल्याउनु आवश्यक रहेकामा जोड दिए । विज्ञापन बजार पारदर्शी बनाउन विज्ञापन ऐजेन्सीहरूको पनि साथ चाहिनेसमेत बताए ।

प्रतिक्रिया