पाथीभरा केबलकार निर्माण यथास्थितिमा राख्न आदेश

काठमाडौँ । ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा भइरहेको केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । स्थानीय यामबहादुर लिम्बूसहित ८ जनाले दायर गरेको रिटमा न्यायधीश शारंगा सुवेदीको एकल इजलासले उक्त आदेश दिएको हो । यस विषयमा गत चैत १३ गते नै आदेश भए पनि ढिलो गरी आदेश सार्वजनिक भएको हो ।

इजलासले अन्तरिम आदेश प्रयोजनका लागि दुवै पक्षलाई चैत २६ गते छलफलका लागि बोलाएको छ । आदेशमा भनिएको छ, ‘निवेदनमा उठाइएको विषयवस्तुको प्रकृति र गम्भीरता हेर्दा दुवै पक्षको सुनुवाइ गरी अन्तरिम आदेश जारी हुने या नहुने भन्ने विषयमा निष्कर्षमा पुग्न उपयुक्त हुने देखिन्छ ।’

प्रतिक्रिया