हिंसात्मक बन्यो राजावादीको प्रदर्शन, एक महिला प्रहरीको टाउको फुट्यो

काठमाडौं । शुक्रबार काठमाडौंमा राजावादीहरुले राजतन्त्रको पुनःस्थापना गर्ने उदेश्यले गरेको प्रदर्शनमा केही प्रहरी घाइते भएका छन् ।

शुक्रबार तीनकुने क्षेत्रमा भेला भएका राजावादी प्रदर्शनकारीहरु प्रहरीमाथि आक्रमणमा उत्रिएर एक महिला प्रहरीको टाउको नै फुटाएको प्रहरीले जनाएको छ ।

राजावादीको प्रदर्शनले ढुंगामुढा गरेपछि एक महिला सशस्त्र प्रहरीको टाउको पनि फुटेको हो । राजावादी प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरु भएको द्विपक्षीय झडप उग्र बन्दै हिंसात्मक बनेको हो ।

राजावादीहरुले प्रहरीमाथि ढुंगामुढा थालेपछि प्रहरीले पनि सुरुमा लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास प्रयास गरेको थियो । त्यसपछि पनि स्थिति नियन्त्रणमा नआएपछि रबरको गोलीका साथै रियल गोलीसमेत प्रहार भएको छ ।

प्रतिक्रिया