एनएमबी बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । एनएमबी बैंकले ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ । सो कार्यक्रमअन्तर्गत एनएमबी बैंकले देशको सबै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गर्न सफल भएको छ ।

ग्लोबल मनी विक २०२५ को नारासहित, बैंकले विभिन्न छेत्रमा प्रभातफेरि कार्यक्रममा समेत सहभागिता जनाएको छ । बैंकले आफ्नो सोसल मिडियामार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरू सञ्चालन गरेको जनाएको छ । बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ३ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष रूपमा लाभान्वित भएका जनाइएको छ ।

प्रतिक्रिया