काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बिमा सेवासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रअनुसार सेती महाकाली ट्रक यातायात व्यवसायी संघमा रहेका ट्रकहरूको मोटर बिमा सलिको इन्स्योरेन्सले गर्ने भएको हो ।
उक्त सम्झौतापत्रमा सलिको इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक कविराज पौडेल तथा सेती महाकाली ट्रक यातायात व्यवसायी संघको तर्फबाट अध्यक्ष मोहनसिंह साउदले हस्ताक्षर गरेका छन् । सेती–महाकाली ट्रक यातायात व्यवसायी संघमा आवद्ध सवारी साधनहरूकोे व्यापक सवारी साधन बिमा सलिको इन्स्योरेन्सबाट हुने र उक्त सवारी साधनअन्तर्गत भविष्यमा कुनै दाबी परेमा बिमा कम्पनीले दाबी भुक्तानी प्रकृयालाई थप सरल, सहज तथा शिघ्र भुक्तानी गर्नेसमेत जनाइएको छ ।
प्रतिक्रिया