काभ्रे । काभ्रेको नालामा बाबुले चलाएको ट्रकको ठक्करबाट ३ वर्षीया छोरीको मृत्यु भएको छ । बनेपा नगरपालिका– ४ मा बा ४ ख ८५९२ नम्बरको महेन्द्र निशान ट्रकको ठक्करबाट समीक्षा बरालको ज्यान गएको हो ।
सिन्धुली गोलन्जोर गाउँपालिका– १ घर भई हाल काभ्रे नालामा परिवारसहित बस्दै आएका सरोज बरालले आफ्नो ट्रक ब्याक गर्ने क्रममा छोरी समीक्षालाई किचेका थिए ।
इलाका प्रहरी कार्यालय बनेपाका अनुसार घटनास्थलमै बालिकाको मृत्यु भएको छ । ट्रकलाई नियन्त्रणमा लिइएको छ भने चालक प्रहरी सम्पर्कमै रहेका छन् । मृतकको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको छ ।
प्रतिक्रिया