रामबाबु सुबेदीको गीत सार्वजनिक

काठमाडौँ । कवि तथा गीतकार रामबाबु सुवेदीको बालगीत ‘क का कि की’ सार्वजनिक भएको छ । बालगीत परियोजनाअन्तर्गत गीतको भिडिओ रिलिज गरिएको हो । स्वस्तिश्री गुरुकुल आइबीवल्र्ड स्कुल, सानोभ¥याङ, काठमाडौँसँग सहकार्य गरी निर्माण गरिएको हो । गीतकार सुबेदीको शब्द रचना रहेको गीतमा मिलन तिमल्सिनाको संगीत छ ।

यस गीतमा सुप्रिम मल्ल ठकुरी र टेरेशा विश्वकर्माको स्वर रहेको छ । गीतको भिडिओमा साक्षत नेपाल, ऐसल खनाल, तारा सिंह श्रेष्ठ, आरूशी तिमल्सिनालगायत स्वस्तिश्री गुरुकुल स्कुलका बालबालिकाले कलाकारको अभिनय छ ।

आचार्य गोपालको निर्देशन र परिकल्पना रहेको गीतलाई सुनील भण्डारीले खिचेका हुन् । रूपेश श्रेष्ठको कोरियोग्राफी बनेको भिडियोलाई वीरबहादुर थारूको सम्पादन छ । कार्यक्रममा बोल्दै बालबालिकाहरूलाई मनोरञ्जनात्मक तरिकाले ‘क का कि की’ सिकाउने उद्देश्यले गीत रचिएको गीतकार रामबाबु सुवेदीले बताए ।

नेपाल बालसाहित्य समाजका सदस्य समन श्रेष्ठले गीतले बालबालिकाहरूलाई शैक्षिक सामग्रीको रूपमा दस्तावेजीकरण गरेको बताए । स्वस्तिश्री गुरुकुलकी प्राचार्य नेहा केसीले यस गीतको छायांकन प्रक्रियामा बालबालिकाहरूले निकै रमाइलो मानेको सुनाइन् ।

प्रतिक्रिया